मलेसीया १९ रनले पराजीत , नेपालको पहिलो जित

एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।
ओपनिङमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाले । छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए ।
सोमपाल कामी पहिलो बलमै आउट भए । तर, आरिफले बसन्त रेग्मीसँग आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे । ४८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का समेत हानका थिए ।
 

प्रतिकृया दिनुहोस

मलेसीया १९ रनले पराजीत , नेपालको पहिलो जित

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक जेएमसी इलाभेनले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक जेएमसि बोइजलाइ १(०ले

मलेसीया १९ रनले पराजीत , नेपालको पहिलो जित

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सिबी कलेजलाइ २(१ ले हराउदै आयोजक कप्तान प्रदिप चौंलागाईको टिम (ए) फाइनलमा

मलेसीया १९ रनले पराजीत , नेपालको पहिलो जित

खेमराज सापकोटा दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा जनता उच्च माध्यमिक बिद्यालय इटहरीले जगन्नाथ डेडराज जनता उच्च माबी