ताजा खबर

स्थानीय समाचार

ज्ञान किराँतीको अध्यक्षतामा वान्तावा खिमको नयाँ केन्द्रिय कार्यसमिती 


प्रमिला वान्तावा राई
मुलुक समृद्धिको यात्रा तय गरिरहेको वेला सवै समुदाय , भाषा , संस्कृति र लिपीहरुको संरक्षणमा ध्यान दिनुपर्ने र देशको जग वलियो वनाउन प्रदेश नंम्वर एकका मुख्यमन्त्री शेरधन राईले जोड दिनुभएको छ । किराँत राई वान्तावा खिमको धरानमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथी रहनु भएका मुख्यमन्त्री राईले सम्मेलनलाई सम्वोधन गर्दै यस्तो वताउनुभएको हो । मुख्यमन्त्री राईले किरात समुदायको शिर उच्च हुने कार्य गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
सम्मेलनबाट ज्ञान किरातीको अध्यक्षतामा २१ सदस्यिय नयाँ केन्द्रिय कार्यसमिति चयन भएको छ ।  समितिको उपाध्यक्षमा शारदा राई  महासचिव दिपक बान्तावा कोषाध्यक्ष बन्दना राई सदस्यहरु  पुर्ण देवी राई , सविना राई,हर्कध्वज राई, कृपाल सिंह राई ,लाखमान राई , मान राई, विना राई, सृजन सदन राई ,असिम राई, तारा राई,मनोज राई,मौसम राई, चयन भएका छन् ।
सरण कुमार राइको अध्यक्षतामा भएको सम्मेलनमा मुख्यमन्त्री राई सम्मानित भएका छन् । प्रसाद राई स्मृति साहित्य  पुरस्कार वाट वान्तावा भाषाविद पदम वालाहाङ राई र साहित्यसेवी विश्वजित राई नगद सहित पुरस्कृत भएका छन् । 
सम्मेलनमा  देशभरका वान्तावाभाषी वुद्धिजिवी , शिक्षक, विद्यार्थी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।।
 

<