स्थानीय समाचार

इटहरीमा वृहत शैक्षीक मेला सम्पन्न

    


प्रमिला वान्तवा राई
एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर सोमवार मनशान्त होटल इटहरीमा मेघा एजुकेसन फेयर शैक्षीक मेला सम्पन्न भएको छ ।
इडेन एकेडमी धरानले आयोजना गरेको वृहत शैक्षिक मेला  सेभेन स्टार उजुकेष्नल इन्टिच्युट इटहरीको सहयोगमा  भएको हो । मेलामा विद्यार्थीको सहभागिता उत्साहजनक देखिएको थियो । एसईई, प्लस टु र ब्याचलर उत्तिर्ण गरेका विद्यार्थीलाई अष्ट्रेलिया, जापान, आयरल्याण्ड, इण्डिया जस्ता देशहरुको बारेमा शैक्षिक जानकारी दिइएको थियो ।
फेयरमा विद्यार्थीले विश्वका उत्कृष्ट शैक्षिक प्रणाली भएका देशहरुका विश्वविद्यालय र कलेजका बारेमा निशुल्क रुपमा जानकारी लिएका थिए । बिहान १०ः०० बजे देखि सुरु भएको शैक्षिक मेलामा करिब चारसय विद्यार्थीले मेलाको अवलोकन गरेका थिए । स्रोहवटा स्टल राखिएको मेलामा इटहरी, दुहवी र इनरुवा , दमक, उर्लाबारी, बेलबारी, का विद्यार्थीले अवलोकन गरेको इडेन एकेडेमीका अध्यक्ष मोहन तिगेलाले बताउनु भयो । 
यसैगरी विर्तामोडको हनुमान कम्प्लेक्समा चैत २७ र २८ गते हुनेछ भने धरानमा चैत २९ र ३० गते अग्रसेन स्तुती भवनमा हुने आयोजकले जनाएको छ ।  
 

<