स्थानीय समाचार

तालतलैया मिनी महोत्सव शुरु, ५ पत्रकार र १ पर्यटन व्यवसायी सम्मानित


प्रमिला वान्तावा राई
पर्यटनको विकासले देश समृद्ध हुने वताउदै पर्यटन क्षेत्रको प्रबद्धन र प्रचारमा सरकार लाग्नु पर्नेमा प्राज्ञा राम धामीले जोड दिए । इटहरीमा आइतवार शुरु भएको  तालतलैया मिनी महोत्सवको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी रहनुभएका धामीले यस्तो वताउनुभयो ।  
पर्यटन क्षेत्रको विकासमा सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने होटल ब्यावसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले  वताउनुभयो ।
यसैविच , पर्यटन विकासमा भुमिका खेलेको भन्दै इटहरीको विकास निमार्णकर्ताहरुको सञ्जालद्धारा ५ जना पत्रकार र १ जना पर्यटन व्यवसायी सम्मानित भएका छन् । पर्यटनको क्षेत्रमा कलम चलाएर पर्यटन प्रवद्धनमा सहयोग पुर्याएको भन्दै एभिन्युज टिभिका ब्युरो प्रमुख सचिन पोखरेल,पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, पत्रकार धनवहादुर पुरी, शेखर ढकाल,विराट अनुपम र इटहरीका पर्यटन ब्यावसायी सुनिल भुषाल सम्मानीत भएका हुन ।
कार्यक्रमका सभापति विशुधन राईले पर्यटनको विकासकै लागी महोत्सव आयोजना गरेको वताए । उनले भने चर्चिय पर्यटकिय क्षेत्र तालतलैयाको विकासमा हातेमालो गर्ने महोत्सव लगाएको  उनले वताए । वैशाष १ गते सम्म सञ्चालन हुने महोत्सवमा २० वटा खानेकुराको स्टल , विभिन्न फोटोप्रर्दशनी , कृषि तथा मुर्तिकला प्रर्दशनीको स्टल समेत रहेका छन् ।  महोत्सवभर विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । सोमवार भने गायिका ज्योति मगर , वान डे व्याण्ड र स्थानिय कलाकारहरुको प्रस्तुति रहने  आयोजकका सचिव करण सिवाले वताउनुभयो ।

<