स्थानीय समाचार

९० दिने केश श्रृंगार स्तरवृद्धी तालिम समापन


प्रमिला वान्तावा राई
श्रृंगारका क्षेत्रमा कार्य गर्दै आईरहेका महिलाहरुलाई व्यवसायीक तथा सिप विकास तालिम केन्द्र इटहरीले  केश श्रृंगार स्तरवृद्धी तालिम प्रदान गरेको छ ।
स्वप्निल व्युट्रि पार्लरको सहयकार्यमा आयोजना गरिएको तालिममा ४० जना महिलाहरुले केश श्रृंगार स्तरवृद्धी तालिम प्राप्त गरेका थिए । तालिममा सहभागी महिलाहरुलाई व्युट्रिसियन विजु श्रेष्ठ लगायतका प्रशिक्षकहरुले केश श्रृंगार देखि लिएर व्यवसाय सञ्चालन सम्वन्धी विषयमा सहजिकरण गरेका थिए ।
९० दिनको प्रशिक्षण पछि प्रशिक्षक विजुवैनी श्रेष्ठले सबै प्रशिक्षर्थीलाई उत्तरोत्तर प्रगतीको शुभकामना दिदैै सिकेका कुराहरुलाई व्यवहारमा उतार्न हौसला दिएकी थिईन् । ९० दिनको प्रशिक्षण पछि शुक्रवार प्रशिक्षार्थीलाई प्रमाण पत्र प्र्र्र्र्र्र्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना व्यवसायी महासंघ सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमीरे, व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका कमलसिंह भट्टराई ,  विजुबैनी श्रेष्ठ लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।।
 

<