स्थानीय समाचार

अक्सब्रिज ईन्र्टनेशनल मन्टेश्वरी स्कूलको ८औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न


प्रमिला वान्तावा राई
इटहरी ६ स्थित अक्सब्रिज ईन्टरन्यासनल मन्टेश्वरी स्कूलले शुक्रवार भब्यताका साथ स्थापनाको ८औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेकोछ ।
तयारीप्ची भवनमा भएको  कार्यक्रममा प्ले ग्रुप देखि कक्षा ३ सम्मका बिद्यार्थीले गायन तथा नृत्य जस्ता प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा ३२ जना बिद्यार्थीलाई प्रमूख अतिथि तथा अतिथिहरुले दिक्षीत गरेका थिए ।
२०६७ सालमा ९ जना बिद्यार्थीबाट सञ्चालन गरिएको अक्सव्रिजमा हाल २०० जना बिद्यार्थी अध्ययनरत छन् । बिद्यार्थीलाई नया नया प्रबिधिबाट पठन पाठन गराउने हुदा यस बिद्यालयका बिद्यार्थीले सैक्षीक ज्ञानका साथै व्यवहारिक ज्ञान भरपूर मात्रामा पाइरहेको बिद्यालयका प्रवन्ध निर्देशक रामचन्द्र राईले बताए । कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा प्रमूख भूपेन्द्र कोईराला ,करदाता कार्यलयका प्रमूख भोगीराज राई, जवक्या इटहरीकी प्राध्यपक कृष्णकला राई , किराया प्राकास इटहरीका अध्यक्ष चिरहाङ राई  लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।।
 

<