स्थानीय समाचार

इटहरी लगायत पुर्वका विभिन्न शहरमा शैक्षिक मेला 


प्रमिला वान्तावा राई
इटहरी लगायत पुर्वका विभिन्न शहरमा शैक्षिक मेला भएको छ । विहिबार इटहरीमा पत्रकार सम्मेलन गरेर उक्त कुरा जानकारी गराइएको हो । उच्च शिक्षा हाँसिल गर्नका लागी विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै इटहरीमा उक्त शैक्षिक मेलाको आयोजना गर्न लागिएको इडेन ऐकेडेमीका अध्यक्ष मोहन तिगेलाले जानकारी दिए ।
मेला इटहरी विराटनगर,बिर्तामोड र धरानमा समेत आयोजना हुनेछ । चैत्र २४ र २५ गते विराटनगरस्थीत नमस्कार होटल, २६ गते इटहरीको मनशान्त होटल, २७ र २८ गते विर्तामोडको हनुमान कम्प्लेक्स र २९ र ३० गते धरानको अग्रसेन धवानमा मेलाको आयोजना हुने अध्यक्ष तिगेलाले बताए ।
मेघा एडु फेयर २०१८ नाम दिइएको उक्त मेलामा इडेन एकेडेमी प्रिजेन्टस रहेको प्लस टु र ब्याचलर उत्तिर्ण गरेका विद्यार्थीलाई अष्ट्रेलिया, जापान, आयरल्याण्ड, इण्डिया जस्ता देशहरुको बारेमा शैक्षिक जानकारी दिईने छ ।
फेयरमा विद्यार्थीले विश्वका उत्कृष्ट शैक्षिक प्रणाली भएका देशहरुका विश्वविद्यालय र कलेजका बारेमा निशुल्क रुपमा जानकारी लिन सक्नेछन् । अन्य देशहरुमा हुने स्थीतिको बारेमा निशुल्क रुपमा नै गराएर बिद्यार्थीहरुलाई बुझाउने आफूहरुको उदेश्य रहेको अध्यक्ष तिगेलाको भनाई थियो । फेयरमा आएका विद्यार्थीलाई आयोजकले आकर्षक गिफ्ट ह्याम्परको समेत ब्यवस्था गरेको छ ।।।
 

<