राष्ट्रिय/अन्तराष्ट्रिय

पूर्वमा चट्याङ लागेर २ जनाको ज्यान गयो, ११ जना घाइते


 खोटाङ, उदयपुर, भोजपुर र मोरङमा बुधबार चट्याङ लागेर २ जनाको ज्यान गएको छ भने अन्य ११ जना घाइते भएका छन् । 
खोटाङको रुपाकोट मझुवागडी नगरपालिका–२ बस्ने ६२ बर्षिय सम्मर बहादुर दाहालको चट्याङ लागेर ज्यान गयको छ । आफ्नै घरमा बसीरहेको अवस्थामा दिउँसो चट्याङ लागेर वेहोस भएका उनको उपचारको क्रममा ज्यान गयको  हो ।
यस्तै खोटाङकै साकेला गाउँपालिका–२ बस्ने ५५ बर्षिया बाल कुमारी खत्रीको समेत चट्याङ लागेर ज्यान गयको छ । चट्याङ लागेर उनका श्रीमान ६५ बर्षिय प्रेम बहादुर खत्री भने घाइते भएका छन् । उनको उपचार भइरेहको प्रहरीले जनाएको छ। 
उदयपुरको कटारी नगरपालिका–१३ मोहनटारमा बेलुका परेको चट्याङ लागेर ७० बर्षिया जलसरी राई, २५ बर्षिया सीता राई, १६ बर्षिया सबिना राई, ४० बर्षिय खेत बहादुर सुनुवार, १६ बर्षिय तारा कार्की र ४६ बर्षिया हिरामाया जोगी घाइते भएका छन् । घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
यस्तै भोजपुरको पौवादुम्मा गाउँपालिका– ४ बस्ने  ४० बर्षिया तारा घिमिरे  चट्याङ लागेर गम्भिर घाइते भएकी छिन् । 
यसैगरी मोरङको लेटाङ  नगरपालिका–७ बस्ने ३८ बर्षिया लाल माया लिम्बु, ६५ बर्षिया दिलमाया लिम्बु र ४५ बर्षिय नर बहादुर लिम्बु चट्याङ लागेर घाइते भएका छन् । उनीहरुको स्थानिय मेडिकलमा उपचार भईरहेको छ ।
 

<