राष्ट्रिय/अन्तराष्ट्रिय

धनकुटामा करेन्ट लागेर दुईको ज्यान गयो ।


धनकुटामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । धनकुटा नगरपालिका–१ हिलेमा सोमबार करेन्ट लागेर स्थानिय ३५ बर्षिय गोपाल बुढाथोकी र ४२ बर्षिय निमा शेर्पाको ज्यान गएको हो । उनीहरुलाई अपरान्ह ४ बजेतिर घर बनाउने क्रममा २ सय २० भोल्टको  करेन्ट लागेको प्रहरी चौकी हिलेले जनाएको छ । करेन्ट लागेर घाइते दुवैको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा साँझ ५ बजे ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबरे थप अनुसन्धान भइरेहको प्रहरीले जनाएकोछ ।।
 

<