राष्ट्रिय/अन्तराष्ट्रिय

अमेरिकी वस्तुमा चीनले भन्सार बढाएकोमा ह्वाइट हाउसले र्गयो आलोचना


चीनले अमेरिकाबाट आयात गरिने वस्तुको भन्सार शुल्क वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ ।
अमेरिकाले चीनबाट निर्यात गरिने सामग्रीमा भन्सार दर बढाएपछि चीनले पनि यस्तो कदम चालेको हो । ह्वाइट हाउसले विज्ञप्ति जारी गरी बेइजिङले विश्व बजार बिगारेको दोषारोपण गरेको छ ।
चीनले बंगुरको मासु, वाइनलगायतका १ सय २८ अमेरिकी बस्तुमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाएको छ । अमेरिकाले गरेको निर्णयबाट हुने असन्तुलन र आफ्नो हितलाई सुरक्षा प्रदान गर्न यस्तो कदम चालिएको चीनले जनाएको छ ।
चीनको निर्णयबाट अमेरिकालाई करिब ३ अर्ब डलर बराबरको नोक्सानी हुने अनुमान छ ।
चीनले अमेरिकासँग ब्यापार युद्ध नचाहे पनि आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने चेतावनी दिइसकेको छ ।
 

<