स्थानीय समाचार

गोधुली कप पुस–१५ गतेदेखि हुने

 धरान–१७ स्थित गोधुली क्लवले आयोजना गर्दै आएको गोधुली रनिङ कपको १८ औ संस्करण पुस १५ गतेदेखि सुरु हुने भएको छ । धरान उपमहानगरपालिका भित्र पर्ने वडाहरुले मात्र सहभागि हुन पाउने वडा स्तरिय प्रतियोगितामा धरानका २० वटा टिमले सहभागिता जनाउने आयोजक क्लवका उपाध्यक्ष सतिस केसिले जानकारी गराए । 
पुस २९ गतेसम्म चल्ने प्रतियोगिताको पुरस्कार राशिमा यसपटक भने वृद्धि गरिएको छ । विजेता टिमले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त
गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्नेछ । १७ औं संस्करणमा  नगद पुरस्कारमा  विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ पाएका थिए । 
यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडिको उपाधि विजेताले नगद १० हजार, हाइ स्कोररले नगद ८ हजार, वेस्ट गोलकिपरले नगद ५ हजार, म्यान अफ द म्याचले नगद ५ हजार र उदयमान खेलाडीले नगद ५ हजार, ट्रफि र प्रामाण पत्र प्राप्त गर्ने आयोजकले जनाए । 

<