राष्ट्रिय/अन्तराष्ट्रिय

हिमाल आरोहणका लागि ६ समूहले लिए अनुमति


यो वर्ष हिमाल आरोहणका लागि ६ समूहले अनुमति लिएका छन् । अनुमति लिने समूहमध्ये पाँचौं समूहले सगरमाथा र एक समूहले लोत्से आरोहण गर्ने गरी अनुमति लिएका हुन् ।
हिमाल आरोहणको समय सुरु भएसँगै पर्यटकहरु सगरमाथा आरोहणका लागि नाम्चेबाट उकालो लागेका छन् । एक्सपिडिशनहरुको पूर्व तयारीसँगै अहिले आरोहीहरु आधार शिविर पुग्न थालेका हुन् ।
अहिलेसम्म त्यस आधार शिविर प्रयोग गरी आरोहण हुने तीन हिमालका लागि ५ समूहमा सगरमाथा प्रदुषण तथा नियन्त्रण समिति (एसपीसीसी) नाम्चेबाट अनुमति लिई उकालो लागेका छन् । त्यसमध्ये ५ आरोहण दलबाट सगरमाथा आरोहणका लागि अनुमति लिई सकेको सगरमाथा प्रदुषण तथा नियन्त्रण समिति (एसपीसीसी) का कार्यक्रम अधिकृत कपिन्द्र राईले बताउनुभयो ।
त्यस्तै, एक आरोहण दलमा १० जना ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिएर सगरमाथा आधार शिविरतर्फ लागेका छन् । एउटा आरोहण दलमा १ देखि १५ जनासम्मले अनुमति लिन पाउँछन् ।।।
 

<