स्थानीय समाचार

कीरातँ राई यायोख्खाले १० हजार हस्ताक्षर संकलन भएको आयोजकको दाबि 


प्रदेश १ को नाम किराँत राखीनु पर्ने माग सहित भएको हस्ताक्क्षर संकलन कार्यक्रमा मंगलवार सम्म सुनसरीको इटहरीबाट १० हजार हस्ताक्क्षर संकलन भएको छ । इटहरीको मुख्य चौकमा किरातँ राई यायोख्खा जिल्ला समीती सुनसरीले गरेको हस्ताक्क्षर संकलनमा १० हजार जनाले ऐकेवद्धता जनाएको आयोजकले जानकारी दिएको छ । 
सुनसरीको धरान,इटहरी,पकली लगायतका स्थानमा हस्तक्क्षर संकलन कार्यक्रम भई रहेको किरातँ राई यायोख्खा सुनसरीकी अध्यक्ष कमला राईले जानकारी दिनुभयो । राईका अनुसार यो अभीयान देशै भरी संचालन भईरहेको र यस अभीयानबाट २७ हजार बढीको हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको छ ।
प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्नुपर्ने भन्दै देशव्यापी रुपमा २५ लाख हस्ताक्षर संकलन गरेर प्रदेश सरकारलाई वुभाmउने अभियान स्वरुप ७ वटै प्रदेशमा हस्ताक्षर अभियान देशैभर भैरहेको किरात विद्यार्थी संघका केन्द्रिय अपाध्यक्ष रामचन्द्र राईले वताउनुभयो ।

किरातँ एउटा जातको पहिचान नभई एक सभ्यता र भुगोल भएको र अन्य संस्थाले संचालन गरेका अभीयानमा जातीयता र साम्प्रदायीक्ता घुसेकाले सभ्यताका आधारमा नामाकरण गर्न अभीयान चलाएको समितीको दाबि रहेको छ । बिभीन्न धर्मग्रन्थ र धर्मीक काममा समेत यस क्षेत्रको नाम किरातँ उल्लेख भएकाले प्रदेश १ को नाम किरातँ प्रदेश राखीनुपर्ने समीतीको भाग रहेको छ ।
नमस्ते खबर संग कुरा गदै समितीकी अध्यक्ष राईले यो राईको जातिय पहीचान नभएको बताउनु भएको छ “ हामीले जातको आधारमा माग राखेको भए खम्बुवान्को माग गर्थौ, राईले भन्नुभयो हामीले इतीहस र सभ्यतालाई उठाएका हौ ।” अहीले उठेका लिम्वुवान,खम्वुवान्,बिराट आदी जातलाई आधार वनाएर राखीएका नाम भएकाले किराँत नाम उपयुक्त भएको राईको भनाई छ ।।।

<