स्थानीय समाचार

इलामको २०० औँ बार्षिकोत्सव मनाइने


इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ ।  विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि नगरीगढी हाल भारत बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो ।
सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । त्यसैलाई आधार मानेर हालको सदरमुकाम स्थापना भएको २०० औँ बार्षिकोत्सव मनाउन लागिएको हो । 
वर्षगाँठको अवसरमा २०७५ साल वैशाख १ गतेदेखि तीन दिनसम्म विशेष कार्यक्रम आयोजना गरेर भव्यताका साथ वर्षगाँठ मनाउने निर्णय भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो  ।।,,,,,,,,,,,,,,,,,,,,,,,,
 

<