ताजा खबर

स्थानीय समाचार

प्रदेश महोत्सव त्रियुगा २०७४’

उदयपुरको गाईघाटमा मंगलबारदेखि प्रदेश नम्बर १ को प्रादेशिक औद्योगिक व्यापार मेला तथा पहिलो प्रदेश महोत्सव त्रियुगा २०७४’ शुरु भएको छ । २५ गतेसम्म हुने १० दिने महोत्सवका लागि आईतबार आयोजक त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले बिभिन्न उपसममितिहरु गठन गरी व्यवस्थापनको पक्षलाई सहजता दिइएको आयोजकले जनाएको छ । महोत्सव स्थल त्रियुगा नगरपालिका ११ गाईघाट बसपार्कमा महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवको उद्घाटन त्रियुगा उद्योग वाणिज्य संघका संस्थापक सदस्य कृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रमको उद्घाटनमा प्रदेश सभा सदस्य कला घले, लगायत जिल्ला स्थित स्थानिय तह, राजनैतिक दलका प्रमुख प्रतिनिधि, सुरक्षा निकाय प्रमुख, जिल्ला स्थित सरकारी तथा निजि क्षेत्रका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

महोत्सव उदयपुर लगायत छिमेकी जिल्लाहरु सिराह, सप्तरी, खोटाङ, भोजपुर, सिन्धुली, ओखलढुंगा, सुनसरी लगायतबाट  झण्डै दुई लाख बढिले प्रत्यक्ष अवलोकन गर्ने छन् ।   उद्योग व्यापार कृषि शैक्षिक पर्यटन लघु उद्यम र सूचना प्रविधिको वृहत प्रदर्शनीको रुपमा महोत्सवलाई लिर्ईको आयोजकले जनाएको छ । महोत्सवमा स्थानिय तथा राष्टिय कलाकारहरुको प्रस्तुती, स्थानिय उत्पादनहरुको प्रदर्शनी तथा विक्रि मुख्य रहने त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए ।  महोत्सवमा स्थानिय लघु घरेलु उत्पादनका सामाग्रीलाई विशेष प्राथमिक्ता दिईएको छ । आयोजकले जनाएको छ  ।।
 

<