ताजा खबर

स्थानीय समाचार

प्रदेश एकका मूख्य मंत्रीद्धारा सुनसरी साक्षर घोषणा


सुनसरी आजबाट साक्षर जिल्लाका रुपमा घोषित भएको छ । सरोकारवालाहरुले यसअघिनै जिल्लालाई साक्षर घोषणा गर्ने जमर्को गरेको भएपनि करिब एक वर्षपछि मात्रै साक्षर जिल्ला अभियानले सार्थकता पाएको छ । सुनसरी ४५ औं साक्षर जिल्ला बन्न पुगेको प्रदेश नम्बर एकका मूख्य मंत्री शेरधन राईले घोषणा गर्नुभयो ।
२ उपमहानगरपालिका सहित ४ नगरपालिका , ६ गाउँपालिका र ७ लाख ६३ हजार ४ सय ७ जनसंख्या रहेको सुनसरीमा शैक्षिक सत्र ०७३ ÷७४ मा आइपुग्दा १५ देखि ६० वर्ष उमेर समूहको १ लाख १७ हजार ४ सय २ व्यक्ति साक्षर भएको प्रतिवेदन जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले घोषणा सभामा प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मूख्य मंत्री राईले प्रदेश एक मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा पर्ने विश्वास व्यक्त गर्नु भयो । पर्यटन, बिकास र प्रचुर सम्भाव्यताको खानी रहेको एक नम्वर प्रदेशलाई मुलुककै नमूना बनाउन प्रदेश सरकार कटिबद्ध भै लागिपरेको मूख्य मंत्री राईले बताउनुभयो ।।
 

<