राष्ट्रिय/अन्तराष्ट्रिय

राष्ट्रसंघ स्थापनापछि अर्को विश्वयुद्ध रोक्न सफल स् बान कि मुन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्को विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिएका छन् ।
संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्को विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उनले बताएका छन ।
पूर्व महासचिव मुनले भने, ‘राष्ट्रसंघको स्थापनापछि नै विश्व समुदाय विश्वमा अर्को विश्वयुद्ध रोक्न सफल भएको हो, त्यसैले विश्वमा राष्ट्रसंघको प्रशंसा पनि हुने गरेको छ ।’
उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् उनले विश्वमा शान्ति स्थापना र शान्ति कायमगर्ने काममा संयुक्त राष्ट्रसंघको भूमिका विषयमा प्रवचन दिएका थिए ।
वर्तमान विश्वमा शान्ति र व्यवस्थाको स्थापना र कायम विषयमा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा उनले भने, ‘यो नै एकमात्र विश्व संस्था हो जसले विश्वमा विभिन्न स्थानमा जारीरहेका द्वन्द्वको बाबजुद पनि अर्को विश्वयुद्धको खतरालाई टार्न सकेको छ ।’
उनले विश्वमा शान्ति स्थापनाका साथै गरिबी निवारण, जनस्वास्थ्यको उपलब्धता र आवश्यकताका तथा नागरिकमा शिक्षा र स्वास्थ्यको पहूँचजस्ता कामहरुमा विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघले ठूलो योगदान पु¥याइरहेको धारणा पनि सो अवसरमा राखेका थिए । यस कार्यका लागि उनले विश्व समुदायलाई विशेष धन्यवाद पनि दिएका थिए ।

<