राष्ट्रिय/अन्तराष्ट्रिय

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्ष्विहीन

सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्ष्विहीन भएको छ ।
बैठकमा सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण पारित हुन नसकेको हो । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको जनाएको छ ।
युद्धविराम सम्बन्धमा स्वीडेन र कुबेतका तर्फबाट पनि एउटा प्रस्ताव पेश भएको थियो । तर रुसले यो प्रस्तावमा संशोधन गर्नुपर्ने जनाएको छ ।
यो प्रस्तावले रुसको समर्थन पाएको सिरियाली सरकारमाथि दबाब बढ्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि वेस्ली नेबेनज्याले पेश भएको प्रस्ताव संघर्ष रोक्ने वास्तविक उद्देश्यले आएको हुनुपर्ने बताएका छन ।
उनले युद्धविरामका लागि निकै चुनौती रहेको भन्दै निर्णयका लागिमात्र निर्णय गर्न नसकिने बताएका । पश्चिमा देशका प्रतिनिधिहरुले भने रुसी रवैयाको विरोध गरेका छन् । 
 

<