ताजा खबर

आर्थिक

मध्यमर्स्याङ्दी जलविद्युत आयोजना आजबाट सात दिनका लागि बन्द

७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि सात दिन बन्द हुने भएको छ । आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पुर्याउन थालेपछि मर्मत गर्न लागिएको हो ।
आयोजना बिहीबार राति १० बजेबाट सात दिनसम्म बन्द गरिन लागिएको आयोजनाका केन्द्र प्रमुख पशुपतिराज गौतमले उज्यालो  अनलाइनलाई जानकारी दिनुभयो । ‘आयोजना बन्दको सबै तयारी पूरा भएको छ, आजै राति १० बजेबाट आयोजना बन्द हुन्छ,’ केन्द्र प्रमुख गौतमले भन्नुभयो । उहाँका अनुसार शुक्रबार बिहानबाट आयोजनाको मर्मत कार्य सुरु हुनेछ ।    
गौतमले बताएअनुसार मध्यमस्र्याङदीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको हो । उहाँका अनुसार मर्मत कार्य चौबीसै घण्टा सञ्चालन हुनेछ ।
 

<