स्थानीय समाचार

सिरहामा बम विष्फोट, एकजना घाइते

सिरहाको मारुती होटल नजिकै अनिल अग्रवालको किराना पसलमा बम विष्फोट हुदाँ एक जना घाइते भएका छन् । लहान नगरपालिका– १ मा रहेको अग्रवालको किराना पसलमा बिहीबार दिउँसो १ बजे प्रेसरकुकर बम विष्फोट भएको हो ।
बम विष्फोटबाट पसलमा क्षति पुगेको छ भने घाइते भएका पसल सञ्चालक अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको प्रहरीले जनाएको छ ।
 

<