राष्ट्रिय/अन्तराष्ट्रिय

प्रधानमन्त्रीमा पालो प्रणाली लगाउनु हुँदैन स् माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताउनु भएको छ ।  
पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उहाले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताउनु भएको हो् ।
‘एउटै पार्टी भए पछि के को पालो पालो ? आलोपालो प्रधानमन्त्री बन्यो भन्ने ब्यूरोक्रेसीले कुरा मान्छ ?’ आज रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले भनन्नु भयो‘त्यस्तो सहमति भएको हो भने त्यो मलाइ थाहा छैन । यस्तो कुराहरु बाहिर बोल्नु हुदैन, पालैपालोको गीत गाउने बेला होइन ।’ बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने उहाले बताउनु भएको छ 
 

<