स्थानीय समाचार

अव्यवस्थित पार्किङ्गले अस्तव्यस्त विराटनगर

अव्यवस्थित रुपमा हुदै आएको सवारीसाधन पार्किङ्गले विराटनगर महानगरपालिका अस्तव्यस्त बनेको छ । ट्राफिक व्यबस्थापनका लागि महानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले यहा“का मूल सडक तथा पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएको छ तर उक्त सडकपेटी र सडक छेउ अहिले हुनेखानेहरुको सवारसिाधन पार्किङ्ग स्थल बनेको हो ।
औद्योगिक नगरी विराटनगरको मूल, सहायक र गल्लीलगायतका सडक जताततै अव्यवस्थित पार्किङ्गले अस्तव्यस्त बनेको छ । पार्किङ्ग क्षेत्र उल्लेख नभएको ठाउमा पार्किङ्ग गरेको पाइएमा तत्काल ट्राफिक प्रहरीलाई कारबाही गर्ने अधिकार छ । तर पार्किङ्ग व्यवस्थित गर्ने जिम्मेबार निकाय ट्राफिक प्रहरी मौन छ ।
६ लेन बन्दै गरेको सडक रानी–इटहरीको विराटनगर खण्डमा जताततै मालबाहक ट्रक, लरी, बस, जीप, कार, अटोरिक्सा, मोटरसाइकल लगायतका सवारीसाधन पार्किङ्ग हुदै आएको छ 
 

<