आर्थिक

छुर्पीको मूल्यमा गिरावट, जापान र अमेरिका निर्यात हुन छाड्यो

छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान मारमा परेका छन् । जापान, अमेरिकालगायतका मुलुकमा निकासी हुने गरेको छुर्पीबाट मनग्य आम्दानी गर्दै आएका व्यवसायीहरु मूल्यमा गिरावट आएपछि मारमा परेका हुन् ।
अमेरिका, जापान जस्ता देशमा कुकुरलाई खुवाउन प्रतिमहिना तीन टन नेपालको छुर्पीको माग हुने गरेको थियो ।
विगतमा यसको माग धान्न नै धौ–धौ पर्ने गरेको डेरी उद्योगलाई अहिले भने सुक्खा लागेको छ हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौं र सिल्भर लिंक आइएनसी प्रालि कलेक्सन सेन्टर काठमाडौंले इलामको छुर्पी खरिद गरेर निकासी गर्दै आएका थिए ।
उनीहरुले केही महिनाअघिसम्म प्रतिकेजी एक हजार रुपैयाँले छुर्पी खरिद गर्ने गरेका थिए । तर अहिले छुर्पीको मूल्य घटेर प्रतिकेजी ७ सय रुपैयाँमा झरेको छ ।
नेपालको छुर्पी गुणस्तरहीन भएको भन्दै अमेरिका र जापानले लिन आनाकानी गर्न थालेपछि मूल्यमा गिरावट आएको हो ।।
 

<