स्थानीय समाचार

मोरङमा ९ सय ३८ जना हात्तीपाइलेको विरामी

मोरङमा हात्तीपाइलेको ९ सय २८ जना विरामी रहेको जिल्ला जनस्वस्थ्य कार्यालय मोरङले जनाएको छ । कार्यालयको अनुसार शहरीक्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा हात्तीपाइलेको विरामी बढी रहेको जनाएको छ ।
मोरङमा १ महानगरपालिका सहित ८ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी रतुवामाइ नगरपालिकमा हात्तीपाइलेको विरामी रहेको फेला परेको छ । उक्त नगरपालिकामा २ सय ७५ जना हात्तीपाइलेको विरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले जानकारी दिनु भयो । 
नगरपालिकाको  हकमा रतुवाइ र गाउँपाकिलमा जहदा गाउँपालिका सबैभन्दा बढी हात्तीपाइलेको विरामी फेला परेको जनस्वाथ्य कार्यालयले जनाएको छ ।

<