राष्ट्रिय/अन्तराष्ट्रिय

देशभर गाडी चार्जिङ स्टेसन स्थापना गर्ने कुलमानको योजना

विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन अगाडि बढाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा संलग्न हुनु भएको छ ।
ऊर्जा मन्त्रालयका इन्जिनियर गणेश शाहको सहयोगमा स्टेसन स्थापनाका लागि सम्भाव्य स्थान छनोट गर्न लागिएको घिसिङले  बताउनु भएको छ । प्राधिकरणका अहिलेकै वितरण केन्द्रहरुमा त्यस्ता स्टेसन स्थापना गर्न सकिने प्रारम्भिक आकलन छ ।
लोडसेडिङ हटाएर चौबीसै घण्टा बिजुली उपलब्ध गराउन सफल हुनु भएका घिसिङले भविष्यमा उत्पादित विद्युत् खपतका नयाँ क्षेत्र पहिचानलाई प्राथमिकतामा राख्नु भएको छ ।  
उहाका अनुसार चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वर्षायाममा मागभन्दा बढी बिजुली उपलब्ध हुनेछ । 
खेर जाने बिजुलीलाई विद्युतीय सवारी साधन चार्जिङमा लगाउन सके व्यापार घाटा घटाउन पनि योगदान पुग्ने देखिन्छ । खासगरी, भारतबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्थाबाट मुलुकलाई त्राण दिलाउने घिसिङको सोच रहेको बताइएको छ ।

<