स्थानीय समाचार

दुई लाख भन्दा बढीलाई हात्तीपाईले विरुद्धको औषधि वितरण

इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ ।
जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी दिनु भयो  ।
हात्तीपाइले रोगलाई नेपालबाटै उन्मूलन गर्ने उद्देश्यले विगत छ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियानमा सबै पक्षलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नु भएको छ
औषधि सेवनका लागि एक हजार ९४४ वटा केन्द्रमा त्यत्तिकै संख्यामा स्वयंसेवक र ३६१ जना स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले जानकारी दिनु भयो 
 

<