गएरातीदेखीको बार्षाले बिराटनगर जलमग्न , अझै ३ दीन सम्म सम्म पानी पर्ने मौसमबिधकोे अनुमान 

गए रातीदेखी परेको वर्षाका कारण विराटनगर महानगरको कतिपय स्थान डुबानमा परेको छ । पानीको निकास नहुँदा वर्षामै विराटनगर जलमग्न बनेको हो । विराटनगरको एयरपोर्ट रोड, विद्यालय, कलेज, उद्योग, पसल, कलकारखनाहरुमा डुबान पर्यो । यस्तै बुढीगंगा गाउँपालिकामा ३ मा रहेको स्मिृती बोर्डिङ स्कूल डुबानमा परेको कारणले आज बिदा दिइएको स्कूलकी प्रिन्पिल रिता न्यौपानेले जानकारी दिइन् ।
त्यस्तै मौसम पूर्बानुमान महाँसाखाले आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । 
आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
भोलि शुक्रबार र शनिबार देशभरि नै आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी विराटनगरमा ११६ मिलिमिटर वर्षा भएको छ । ओखलढुङ्गामा ६४, सिमरामा ५२, वीरेन्द्रनगरमा ५४ मिलिमिटर वर्षा भएको छ भने काठमाडौँमा २३ मिलिमिटर वर्षा भएको छ ।
 

प्रतिकृया दिनुहोस

गएरातीदेखीको बार्षाले बिराटनगर जलमग्न , अझै ३ दीन सम्म सम्म पानी पर्ने मौसमबिधकोे अनुमान 

अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरि ‘जोर्नी टु अष्ट्रेलिया’ नामको मोबाईल एप्स सार्बजनिक गरिएको छ । यसबाट नेपाली विद्यार्थीलाई

गएरातीदेखीको बार्षाले बिराटनगर जलमग्न , अझै ३ दीन सम्म सम्म पानी पर्ने मौसमबिधकोे अनुमान 

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमि बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुनसके

गएरातीदेखीको बार्षाले बिराटनगर जलमग्न , अझै ३ दीन सम्म सम्म पानी पर्ने मौसमबिधकोे अनुमान 

सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको  छ । खडक नगरपालिका वडा नम्बर(७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५–६