आर्थिक

इलाममा खानेपानी आयोजना सुरु हुदै

इलाममा सञ्चालन गर्न लागिएको  खानेपानी आयोजनाका लागि उपभोक्ताले चार करोड भन्दा बढी रकम जम्मा गर्नुपर्ने भएको छ । 
कुल ८५ करोड रुपैयाँ लागतको खानेपानी आयोजनाका लागि उपभोक्ताले चार करोड २७ लाख १५ हजार ३ सय ८१ रुपैंयाँ ब्यहोर्नु पर्ने भएको हो । बाँकी रकम एडिबी मार्फत नेपाल सरकारले ७० प्रतिशत र नगर विकास कोषबाट २५ प्रतिशत ऋण सहयोगमा आयोजना सुरु हुने खानेपानी उपभोक्ता समितिले जनाएको छ ।  
समितिका अनुसार प्रति धारा २० हजार रुपैयाँ संकलन गर्नु पर्ने भएपनि उपभोग गर्ने पानीको मात्राका आधारमा उपभोक्ताको वर्गीकरण गर्ने र बेग्ला बेग्लै रकम संकलन गर्ने समितिले जानकारी दिएको छ । 
आर्थिक वर्ष २०७७ ०७८ मा निर्माण सक्नेगरी काम थालीएको  खानेपानी आयोजनाका लागि सन्दकपुरमा रहेका तीनवटा खोलाको मुहानबाट पानी ल्याउने तयारी गरिएको छ ।
 

<