स्थानीय समाचार

अर्थमन्त्री कार्कीद्धारा करदाता सेवा कार्यलय इटहरीको नवनिर्मित भवन उद्धघाटन


प्रमिला वान्तावा राई, 
करदाता सेवा कार्यलय इटहरीको नवनिर्मित भवन आइतवार उद्घाटन भएको छ ।
अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीद्धारा भवनको उद्घाटन गरिएको होे । अर्थमन्त्री कार्कीले करदातालाई सहज र सरल तरिकाले कर तिर्ने वातावरण मिलाउन कर कार्यलयका कर्मचारीलाई आग्रह गर्नुभयो । ईटहरी नगर क्षेत्रमा व्यपार व्यवसाय गर्नेहरुलाई करको दायरामा ल्याई ईटहरीलाई समृद नगर बनाउन वाणिज्य संघहरुलाई कार्कीले सुझाव समेत दिनुभयो ।
इटहरी १० स्थित करदाता सेवा कार्यालयको स्वामित्वमा रहेको २ कट्ठा २ धुर जमिन क्षेत्रफल र २ करोड ७६ लाख ४ हजार ९ सय ८६ रुपैया ५८ पैसा लागतमा निर्मित तिन तले भवनमा १७ कोठा रहेको करदाता सेवा कार्यालय इटहरीका प्रमुख भोगीराज राईले वताउनुभयो । पौष मसान्त सम्मको तथ्याङ्क अनुसार आयकरमा २२ हजार ७ सय १२ जना, मुल्य अभिवृद्धि करमा २हजार ५ सय १९ जना र अन्तशुल्कमा १ हजार ३ सय४९ जना करदाता र दर्ता रहेको छ । पान नंं. लिनेको संख्या २८ हजार २ सय १० रहेको र चालु आर्थिक वर्षमा १ अर्व ९४ करोड ११ लाख ५५ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोछ । इटहरी उपमहानगरपालिका लगायत सुनसरीको ३ नगरपालिका र ६ गाउँपालिका क्षेत्रको कर सम्वन्धि कार्यमा करदाता सेवा कार्यालय इटहरीले हेर्दै आएको कार्यलय प्रमुख राईले जानकारी दिनुभएको छ ।
आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख¸ प्रमुख कर अधिकृत देवनारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कि ,जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको प्रमुख, उद्योग वाणिज्य संघ इटहरीका वरिष्ट उपाध्यक्ष शैलेस विष्ट, सुनसरी भन्सार र विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतहरु¸ आन्तरिक राजस्व कार्यालय विराटनगर र भद्रपुरका प्रमुख कर अधिकृतहरु¸ राजस्व अनुशन्धान पूर्व क्षेत्रिय कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत लगायत सर्वसाधरणको उपस्थिती रहेको थियो ।।

<