२८ हजार हेक्टर जमिन पूर्वाञ्चलमा बाँझै

पूर्वाञ्चलमा धान खेति हुँदै आएको मध्ये २८ हजार हेक्टर जमिन यस वर्ष बाँझै रहेको छ । पूर्वमा चार लाख ६६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको थियो । सिजन सकिंदा यस वर्ष चार लाख ३८ हजार हेक्टरमा मात्रै रोपाइँ भइको र २८ हजार हेक्टर जमिन बाँझै रहेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । बाँझो रहेको जमिन समग्र धान खेति हुने जमिनको छ प्रतिशत हो । तराईका जिल्लामा मात्रै तीन लाख ५१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुन्छ ।
यस वर्ष ताप्लेजुङमा ९८, संखुवासभामा ९९, सोलुखुम्बुमा सय, पाँचथरमा ९६, इलाममा ९०, भोजपुरमा ८५, तेह्रथुममा ८१, धनकुटामा ९७, उदयपुरमा ९५, ओखलढुँगामा ८०, खोटाङमा ९५ र झापा, मोरङ, सुनसरी र सिरहामा सय÷सय प्रतिशत रोपाइँ भएको छ । 
कृषि निर्देशनालयले पछिल्लो समय भइरहेको खण्डबृष्टिका कारण पनि धान रोपाइँमा बाधा पुगिरहेको जनाएको छ । कतिपय ठाउँमा पर्याप्त वर्षा नहुँदा खेती गर्ने पानी अभावको सामना पनि गर्नु परेको उप्रेतीको भनाइ छ । धान नरोपिकन जमिन बाँझै छाडिएको र कतिपय ठाउँमा पर्याप्त पानी नभएकै कारण पहाडी भेगमा सय प्रतिशत रोपाइँ हुन नसकेको जानकारी उप्रेतीले दिए ।
 

प्रतिकृया दिनुहोस

२८ हजार हेक्टर जमिन पूर्वाञ्चलमा बाँझै

पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर