कला/साहित्य

एओन टिभिले सांस्कृतिक कार्यक्रम गर्ने

दाङ, १० चैत
दाङबाट सञ्चालन भएको एओन टेलिभिजनले भव्य सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । एओन मुभी मेकर्स प्रालिद्धारा सञ्चालित एओन टेलिभिजनले आफ्नो पहिलो बार्षीक उत्सवको अवसरमा चैत १२ गते शनिवार घोराहीमा कार्यक्रम गर्न लागेको हो । ‘परिवर्तनका लागी सञ्चार, सञ्चारका लागी एओन टेलिभिजन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको यस टेलिभिजनले पहिलो बार्षीक उत्सवको अवसरमा राष्टिय स्तरका चर्चीत कलाकारहरुको सहभागीताका कार्यक्रम गर्न लागेको टेलिभिजनका प्रवन्ध निर्देशक अमृतमान वलीले जानकारी दिनुभयो । कार्यक्रममा चर्चीत कलाकारहरु पप गायीका आश्था रावत, चर्चीत हास्य कलाकार कमल गाउले, लोकप्रीय गायक दुर्गेश थापा, गायक यादवनाथ योगी, लोकपप गायक टंक निमिल्सीना, मोडल रश्मी तामाङ, दिलु सेनार, लक्ष्मी बोहरा, गायक सरद समीप, देवेन्द्र बस्नेत, टोपेन्द्र विष्ट, प्रेम शर्मा, विजय परियार, पिताम्वर रिजाल, रेश्मा केसी, प्रेम विवश घर्ति, सुवास परियार, खड्ग शर्मा, रोहन वली, मिलन बुढा लगायतका कलाकारहरुको प्रस्तुति रहने वलीले जानकारी दिनुभयो । यसैगरी लेट्स डान्स, दोभान सांस्कृतिक कलापुञ्ज, वि फ्रिडम डान्स एकेडेमी, डि टेन कला केन्द्रको पनि प्रस्तुति रहने छ । शनिवार कर्मचारी मिलन केन्द्रको दक्षीणतर्फ रहेको मैदानमा दिउसो १२ बजेदेखी सुरु हुने कार्यक्रममा उपस्थितिकालागी टेलिभिजनले सबैमा अनुरोध गरेको छ । यस टेलिभिजनले सुचनाको माध्यमबाट समाज परिवर्तन सँगै सुचनाको हक स्थापीत गर्ने र स्थानीय कला, संस्कृति एवं पर्यटकीय तथा धार्मीक स्थलको प्रचारप्रसार गरि स्थानीय विषयवस्तुलाई प्राथमीकता दिदै आएको छ । स्थापनाको १ वर्षमा यस टेलिभिजन सबैको रोजाई बनेको छ ।

<