स्थानीय समाचार

विराट लेखक सम्मेलन विराटनगरमा 


नेपाली लेखक संघ मोरङको आयोजनामा विराटनगरमा दुई दिने ‘विराट लेखक सम्मेलन २०७४’ हुने भएको छ । संघले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते स्थानिय मारवडी सेवा सदनमा हुने जानकारी दिएको हो ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरीका करिब २५० भन्दा बढी साहित्यकारहरुको सहभागि रहेको लेखक संघका सचिब मिनकुमार नवदीतले जानकारी दिए । उक्त सम्मेलनमा ‘आफ्नो प्रदेशको भाष साहित्यको विद्यमान अवस्था र त्यसको विकासको लागि चालिनुपर्ने कदम’ विषयमा ७ वटै प्रदेशबाट १–१ जना विद्धानले कार्यपत्र प्रस्तुत गर्ने वताइएकोछ ।। 
 

<