खेलकुद

पुलिस क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा


धरानमा जारी २० औँ बुढासुब्बा गोल्डकपको सोमवारको खेलमा विभागिय टिम नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  पुलिसले झापाको काँकडभित्ता ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको  हो ।
पुलिसले  फाइनलका लागि सेमिफाइनलमा संकटासँग प्रतिस्पर्धा गर्नेछ । गत वर्ष पुलिसले संकटालाई नै हराउँदै उपाधि हात पारेको थियो ।
तर यसपटक भने यी दुई टोलीको भेट सेमिफाइनलमै भएको छ ।  सोमबारको खेलमा पुलिसका लागि कप्तान सुमन लामाले एक गोल गरे भने काँकडभित्ता ट्रनिङ सेन्टरका विकेश थुलुङले आत्मघाती गोल गरे । पुलिसका सुमन खेलको म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलवार थ्री स्टार र सुदूरपश्चिम–११ बीच अन्तिम क्वाटरफाइनल खेल हुने आयोजकले जनाएकोछ ।।

<