स्थानीय समाचार

’सबै मिलेर १ नम्बर समृद्ध प्रदेश बनाऔँ’ 


१ नम्बर प्रदेशको पहिलो बैठक सोमावार विराटनगरमा सम्पन्न भएको छ । वैठकमा बोल्ने अधिकांश सांसदहरूले समृद्धि र विकासमा जोड दिएका छन्। दलका नेताहरूले १ नम्बर प्रदेशलाई १ नम्बरकै बनाउने बताएका छन्। यद्यपि यहाँको विकास निर्माण गर्नु र जनताको अपेक्षापूरा गर्नुपर्ने चुनौतिपूर्ण अवस्थामा आफूहरू रहेको संसदमा बोल्दै दलका नेताले सहमतिबाटै अघि बढ्ने प्रतिबद्धता समेत जनाए । एमालेका प्रदेशसभा सांसद भीम आचार्यले पक्ष र विपक्ष नभनी जनताको अपेक्षा पुरा गर्नुपर्नेमा जोड दिए । 
 १ नम्बर प्रदेशको व्यापार घाटा कम गर्ने, उद्योग धन्दाको विकास गर्ने, रोजगारी सिर्जना गर्ने र स्रोत साधनको समुचित उपयोग गर्नुपर्नेमा आचार्यले जोड दिए। अवसर भएसँगै चुनौति पनि भएको भन्दै आचार्यले राजधानीका लागि उपयुक्त संरचनाको निर्माण, ऐन, कानून निर्माण तथा जनताको उच्चतम अपेक्षालाई ध्यान दिँदै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। संसदमा बोल्दै कांग्रेसका नेता चन्द्रप्रसाद श्रेष्ठले १ नम्बर प्रदेशलाई सबैभन्दा राम्रो, शान्त, समृद्ध र विकसित बनाउनु पर्नेमा जोड दिए ।।

<