स्थानीय समाचार

समाजसेवी स्व. कर्ण बहादुर राईको पूर्ण कदको सालिक अनावरण


प्रमिला राई 
तायारिप्चि वहुउदेश्यीय भवन निमार्ण समिती को आयोजनामा इटहरीको तयारिप्चि भवन परिसरमा आइतवार समाजसेवी स्व. कर्ण बहादुर राईको पूर्ण कदको सालिक अनावरण तथा स्मृती पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्वर्गिय राईको वार्षिक पुन्य तिथीको अवसरमा गरिएको हो । स्व. राईको शालिक को पृष्ठभुमिमा राईको जन्मथलो भोजपुरको दिल्पा नागी  वनाइएको छ । प्रमुख अतिथी तथा विशेष अतिथि द्धारा धनुषवाण प्रहार गरेर र  पानसमा दियो बालेर कार्यक्रममको उद्घाटन् भएको थियो । 
यायोख्खा केन्द्रिय अध्यक्ष राईले तयारिप्चि भवनका कल्पनाकार स्व.कर्ण ब.राई भएको बताउदै राईको कल्पना साकार भएको उल्लेख गनुभयो ।  राई भाषामा तायाको अर्थ ज्ञान र रिप्चिको अर्थ गति भएको भन्दै ज्ञान र गति भएमामात्र बिकासको मुल फुट्ने अध्यक्ष राईले बताउनु भयो । किरा“त राई यायोख्या केन्द्रिय अध्यक्ष तिलक राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुर्व भुमिसुधार मन्त्री राम कुमार सुव्वा  सुनसरी २ का प्रदेश सभा सदस्य सर्वध्वज सावा इटहरी उपमहानगरपालिका का मेयर द्धारिकलाल चौधरी को विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नागरीक समाज इटहरीका अध्यक्ष राजु केसी उवासं इटहरीका वरिष्ट उपाध्यक्ष शैलेष विष्ट , किराया सुनसरीका अध्यक्ष कमला राई , प्राकासका अध्यक्ष तथा सदस्य लगायतको उपस्थिती रहेको थियो ।।
 

<