Slider

मधुमेह र मृर्गौला जाँच सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सबैभन्दा ठूलो धन भनेकै मानव स्वास्थ्य नै हो । स्वास्थ्य भए आफू जीवन परन्त अघि सम्म पनि निरोगी भई बाँच्न सकिन्छ । जथाभावी जे पायो त्यहि खाने र बिषदीयुक्त तरकारी अनि खाद्यय पदार्थको सेवनले गर्दा हामी मानवको स्वास्थ्य आज जोखिममा परेको छ । दिन प्रतिदिन विभिन्न प्रकारका रागहरु जस्तै प्रसर, सुगर, किडनी, मुटु आदि रोगहरुले मानिसहरुको जीवनमा प्रतिकुल असर पारिरहेको छ । 

मानव स्वास्थ्यलाई मध्यनगर गर्दै २०७४ साल माघ २० गते शनिबारको दिन बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लि. इटहरी :- ६ को तत्वधानमा आफनै कार्यलय अगाडी संस्थाका शेयर सदस्य महानुभावहरु तथा अन्य सर्वसाधारण नागरिकहरुको लागि भनेर निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत मृगौला, मधुमेह , प्रसर परिक्षण को आयोजना गरिएको थियो । बिहान ८ बजे देखि शुभारम्भ भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संस्थाको स्वास्थ्य एवं शिक्षा उपसमितिको संयोजन तथा व्यवस्थापनमा दिउँसोको १ बजे तिर कार्यक्रम सम्पन्न भएको थियो ।  उक्त स्वास्थ्य शिविरमा १२९ जनाले आफनो स्वास्थ्य परिक्षण गराएका थिए । आयोजित कार्यक्रममा रगत परिक्षण गराएका १३० केजी तौल तथा ७.५ फिट अग्ला ब्यक्ति राजन अधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रगति ल्यावका प्राविधिक गोविन्दकुमार मोदी सहितको टोलीहरुले रगतको नमुना लिने कार्य गरेको थियो ।
समय समयमा विभिन्न प्रकारका सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै आएको यस सहकारी संस्थाले आगामी दिनहरुमा पनि मानव स्वास्थ्य र मानव हितका कार्यक्रमहरुको पनि आयोजना गर्ने यस संस्थाका अध्यक्ष हरि प्रसाद पोखरेलले जानकारी गराउनु भयो ।
खानपानमा बिशेष ध्यान, नियमित ब्याम र समय समयमा आफनो स्वास्थ्यको नियमित परिक्षण गराइ सदैभ स्वास्थ्य रहि स्वास्थ्य भई निरोगिताका साथमा स्वास्थ्य जिवन बाँचौ । किनभने आफनो स्वास्थ्य आफनै हातमा छ ।
 

<