कला/साहित्य

दोश्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४

५ पुष २०७४, बुधबार 

इटहरी । प्रदेश एकको बिभिन्न आठ शहर र गाउँलाई समेटने गरी यही पुष २४ देखि दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ को आयोजना हुने भएको छ । मण्डला थिएर नेपालको चर्चित नाटक सरजमिनको धुम्ति रंगमञ्च मार्फत पूर्वका प्रमुख शहर इटहरीबाट बेलबारी, चुलाचुली,धुलाबारी,झोराहाट,रमाईलो,लेटाङ धरान र बिराटनगरमा गरि अन्य विभिन्न स्थानमा नाटक मञ्चन गरिने भएको हो ।
पुर्वाञ्चल नाट्य यात्रा २०७३ को दोस्रो संस्करणको रुपमा दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ को आयोजना गर्न लागिएको लेट्स इन्टरटेनमेन्टका कार्यकारी प्रमुख बिकास बुढाथोकीले इटहरीमा अयाोजित पत्रकार सम्मेलानमा सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
साथै सोही अवसरमा कलालय इटहरीका कलाकर्मी एवम रङ्गकर्मी सोनु जयन्तिले नेपाली कला संस्कृति लोकभाका आदिलाई जीवन्त राख्दै ती नेपाली मौलिकता मर्न नदिनका लागि यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिईने उद्देश्यकासाथ यो कार्यक्रमलाई नियमितता दिईएको पत्रकार सम्मेलनमा थप जानकारी दिए ।
साथै उहाँले नेपाली कलाको प्रबर्धनसँगै नयाँ पुस्ताका युवा युवतीहरुभित्र लुकेर बसेको कलाकृति र उर्जालाई उत्खनन गर्दै कलाकारितामा खरो रुपमा उतार्नका लागि कला कार्याशाला समेत यस अवधिमा इटहरी र यस आसपासका क्षेत्रमा सञ्चालनमा ल्याईने अन्तिम तयारी गरिरहेको पनि जानकारी दिएको छ ।
घुम्ती रंङ्गमञ्च अन्र्तगतको यो कार्यक्रमले राजधानी र मोफसलका कलाकारहरुबीच सञ्चार सम्पर्क बिस्तार तथा कलाकारलाई सशक्तिकरण गर्ने बिस्वास गरिएको छ । उक्त नाटकमा रंङ्गमञ्चका चर्चित कलाकारहरु बुद्धि तामांग, रोहित पौडेल, बिजय बराल, बिकाश जोशी लगायत अन्य थुप्रै कलाकारको सहभागिता रहेने बताईएको छ ।
कलाकार उमेश तामाङ्ग, सोमनाथ खनाल, रञ्जना ओली विनिता गुरुङ्ग संयोग गुरागाई रोहित पौडेल सिजन दाहाल इन्गिहोपो कोईच सुनवार लगायतका बेजोड प्रस्तुती रहने उक्त कार्यक्रममा मण्डला थिएटर काठमाण्डौका दयाहाङ्ग राईको समेत सक्रिय सहभगिता रहने बताईएको छ । यस यात्रामा परिवन्द कथामा आधारित रहेका कथा बस्तुलाई मुल सन्देशमा केन्द्रित रहेर कार्यक्रम हुने र यो कार्यक्रम कलालय इटहरीको संयोजनमा मञ्चन हुनेछ ।

<