तिजको रमाईलो संगै शिक्षकलाई सहयोग

इटहरीमा प्रदिप गिरीको अध्यक्षतामा कस्मेटिक तथा मार्के्टिङ टिमले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
महिलाहरुको महान पर्व तिजलाई लक्षित गर्दै पुर्वमा सौन्दर्यकलाका सामाग्रीहरु उत्पादन तथा  विक्री वितरण गर्दै आएका व्यवसायीहरुको टिमले महिलाहरुलाई लक्षित गर्दै तिज विषेष कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नृत्यकला साथै विभिन्न विधामा प्रतिस्पर्धा समेत गराईएको आयोजक टिमले जनाएको छ । आयोजित प्रतियोगितामा प्रथम द्धितिय तथा तृतिय हुनेहरुलाई विभिन्न कम्पनीहरुका सौन्दर्य सामाग्रीहरु पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
तिज विशेष कार्यक्रममा इटहरी क्षेत्रमा सडकमा बालवालिकाहरुलाई निशुल्क शिक्षा दिदै आएका चन्द्र भण्डारीलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो ।
अजित कट्वाल, मनोज शाह तथा सौन्दर्यकलाका वितरक तथा मार्के्टिगंहरुको संयुक्त पहलमा पहिलो पटक तिज विशेष कार्यक्रम गरिएको नेपाल कस्मेट्कि तथा मनिहारी संघका सागार तिमलसिनाले जानकारी दिए । उनले आगामी दिनमा समेत यसलाई निरन्तरता दिदै जाने बताए । सौन्दर्यकला व्यवसायी संघ सुनसरी सचिव सृजना राई ,उद्योग वाणिज्य संघ इटहरीका महासचिव टंक खनाल , शिक्षक चन्द्र भण्डारी लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा पुर्वाञ्चलमा लामो समयदेखि कस्मेटिक व्यवसाय तथा मार्के्टिङ गर्दै आएका १५० बढी महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम संचारकर्मी तथा गायिका चन्दा खड्का र मार्के्टिङको क्षेत्रमा लामो समयदेखि आवद्ध रहेका मिलन कार्कीले सञ्चालन गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

तिजको रमाईलो संगै शिक्षकलाई सहयोग

खोटाङको जन्तेढुङगा गाउपालिका बडा नं २ चिसापानिमा लाखे जात्रा सुरु भएको छ बिगत बर्षहरुमा झै यस बर्ष पनि लाखे जात्रा मनाइएको हो । जनैपुर्णीमा अर्थात

तिजको रमाईलो संगै शिक्षकलाई सहयोग

दशक अगाडिकी निर्विकल्प अभिनेत्री हुन् निरुता सिंह । सय बढी फिल्ममा अभिनय गरिसकेकी उनको खातामा हिट देखि फ्लप फिल्म सम्मको संख्या प्रशस्तै छ । विस्तारै