Slider

Location पत्ता लाउने र हराएको फोनलाई Lock गर्ने तरिका

Android Device Manager को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको location पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने हुन्छ ।

१) पहिला एन्ड्रोइड डिभाइस मेनेजर को वेबसाइट  www.google.com/android/devicemanager मा साइन–इन गर्नुहोस र तपाइको मोबाइल नै सेलेक्ट भएको छ भनेर पक्का गर्नुहोस ।

२) अब यहाँ बाट तपाइको मोबाइलको लग्भग वरपरको लोकेसन देखिन थाल्छ । तपाइले अब फोन लक गर्न, डाटा इरेज गर्न, डिफाइस रिङ गर्न सक्नुहुन्छ । यसो गर्दा तपाइको फोन साइलेन्टमा भएपनि ५ मिनेट सम्म लगातार रिङ गर्छ ।

३) आउदा दिनमा आफ्नो फोनलाई छिटै भेटाउनका लागि गुगलमा गएर “Find My Phone” अप्सनको प्रयोग गर्न सकिन्छ ।

<