खेलकुद

मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि थ्रीस्टारको पोल्टामा


इटहरी रंगशालमा  जारी सर्वाधिक राशिको मदन भण्डारी स्मृति अन्र्तराष्टिय आमन्त्रण इटहरी गोल्डकप फुटवल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टार क्लवको पोल्टामा परेको छ । 
शनिबार सम्पन्न फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले उपाधि चुम्न सफल भएको हो । मनाङले उपविजेतामै चिक्त वुझाएको छ । 
पहिलो हाफको ३६ औं मिनेटमा थ्री स्टारका लागि जर्सी नं. १७ का बुद्ध चेम्जोङले गोल गरेर खेललाई अग्रता दिलाएका थिए । निकै कडा प्रतिस्पर्धा भएको खेलमा अन्तत  सोही गोल नै खेलको निर्णायक गोल बनेको हो ।
आजको खेलको म्यान अफ द म्याच घोषित भएका थ्री स्टारका वुद्ध चेम्जोङले नगद १० हजार प्राप्त गरेका छन् ।
उपाधि जितेको थ्रिस्टारले नगद १२ लाख सहित अढाई तोला मदन भण्डारी अंकित सुन र ८० तोलाको रनिङ ट्रफी पाएको छ । उपविजेतामा चिक्त वुझाएको मनाङले नगद ५ लाख रुपैया सहित ट्रफी पाएको छ । प्रतियोगिताको सर्वेकृष्ट खेलाडी थ्रिस्टारका अनन्त तामाङ घोषित भए । उनले २५ हजार नगद सहित ४२ इन्चको टिभि प्राप्त गरे । वेष्ट गोलकिपरमा थ्रिस्टारका एलिन न्यौपाने घोषित भए । उनले नगद २० हजार पाए । वेष्ट डिफेन्समा मनाङका विराज मर्हजन घोषित हुँदै नगद २० हजार रुपैया पाए । वेष्ट मिडफिल्डर घोषित भएका मनाङका हेमन गुरुङ ले नगद २० हजार जिते । वेष्ट फरर्वड घोषित भएका थ्रिस्टारका मार्टिन ले नगद २० हजार रुपैया पाए ।
सर्वा्धिक गोलकर्ता द्धय मनाङका सुजन श्रेष्ठ र थ्रिस्टारका मार्टिन ले नगद १५, १५ हजार रुपैया जिते । वेष्ट प्रशिक्षक घाषित भएका थ्रिस्टारका मेघराज केसी ले  नगद २० हजार पाए । त्यस्तै  इटहरी ३ का अविनाश लिम्वु भाग्यशाली दर्शक घोषित हुदै लक्की ड्र मार्फत ३२ इन्चको टिभि पाए ।
दर्शकको उपस्थितिले खेल सफल भएको वताउदै आगामि वर्षहरुमा पुरस्कार राशि थप्दै केहि वर्षभित्र नै एक करोडको पुरस्कार वनाउने आयोजक राष्टिय जागृति क्लव इटहरीका अध्यक्ष संजिव ढुङ्गानाले वताउनुभयो ।।
 

<