अर्थतन्त्र खतरामा नभएको अर्थमन्त्रीको दाबी 

अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रको सहयोगबिना उच्च अंकको आर्थिक वृद्धि हासिल नहुने बताएका छन् ।
निजी क्षेत्रसँग सहकार्य गरेर नै मुलुकको आर्थिक समृद्धि हासिल हुने विषयमा सरकार प्रस्ट रहेको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १९औं स्थापना दिवसको अवसर पारेर बुधबार राजधानीमा गरिएको कार्यक्रममा मन्त्री खतिवडाले लगानीमैत्री वातावरणका लागि सरकारले आवश्यक ऐन–नियम बनाइरहेको बताए ।
वित्तीय संघीयता कार्यान्वयन भएको थोरै समय भएकाले तत्काल सरकारको प्रभावकारिताको विषयमा प्रश्न उठाउन जायज नभएको उनको भनाइ थियो । अर्थतन्त्र खतरामा नभएको पनि उनले प्रस्ट पारे ।
आन्तरिक उत्पादन बढाइ व्यापारघाटा कम गर्नेतर्फ पनि सरकारले ध्यान दिइरहेको उनले बताए । आफू राजश्व बढी उठ्यो भनेर गर्व गरेर बस्ने अर्थमन्त्री नभएको उनले उल्लेख गरे ।
 

प्रतिकृया दिनुहोस

अर्थतन्त्र खतरामा नभएको अर्थमन्त्रीको दाबी 

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

अर्थतन्त्र खतरामा नभएको अर्थमन्त्रीको दाबी 

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट

अर्थतन्त्र खतरामा नभएको अर्थमन्त्रीको दाबी 

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको