आर्थिक

६५ वर्षमा नै वृद्धाभत्ता


सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।
‘सरकारले भूकम्प पीडित र बाढी पीडितलाई अहिले दिएको रातहमा एक लाख रुपैयाँ थप गरिदिने निर्णय गरेको छ । अनुदान पाउने समय सकिएको अवस्थामा बढाउने निर्णय गरेको छ’ सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
सरकारले यसअघि भूकम्प पीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएकामा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।
बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री बस्नेतले जानकारी दिए ।।
 

<