खेलकुद

धरान फुटबल क्लब रारा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश


पोखरामा जारी १६ औँ संस्करणको आहा रारा गोल्ड कपमा भारतको सिक्किम युनाईटेड क्लबलाई ३–० गोल अन्तरले हराउँदै सुनसरीको धरान फुटबल क्लबले आफ्नो विजय सुरुवात गरेको छ । खेलको दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको धरानले ६१ औँ मिनेटमा खाता खोलेको थियो । धरानका लागि पहिलो गोल रमन लिम्बुले गरे ।
गोललगत्तै बल आफ्नो पकटमा पारेको धरानले सिक्किमविरुद्ध पहिलो गोल गरेको २ मिनेटपछि दोस्रो गोल गर्न सफल भयो । खेलको ६३ औं मिनेटमा सजन राईले गोल गरे । पेनाल्टीनजिक रहेको बललाई निसान लिम्बु गर्न चुकेपछि उक्त बललाई सजनले गोल गरी धरान २ गोलको अग्रता दिलाए र खेलको ७४ औं मिनेटमा निसान लिम्बुले दिएको पास बललाई धिरेन लिम्बुले हेडमार्फत पुन गोल गरि जीत पक्का गरेका हुन् । खेलमा धरानका निसान लिम्बु म्यान अफ दी म्याच घोषित भए ।।
 

<