स्थानीय समाचार

झापाका २४ जना उम्मेदवारले अझैं बुझाएनन् खर्च विवरण

झापाको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार मध्ये अझैं २४ जनाले निर्वाचन खर्च विवरण वुझाएका छैनन्  । निर्वाचन आयोगले तोकेको समयअवधि भित्र खर्च विवरण वुझाइसक्नु पर्नेमा प्रतिनिधिसभा तर्फका १० जना र प्रदेश सभा तर्फका १४ जनाले अझैं खर्च विवरण नवुझाएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा प्रतिनिधि र प्रदेस सभाका लागि स्वतन्त्रसहित १ सय ४१ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जनागरी १४१ जना उम्मेदवार मध्ये ११७ जनाले ३५ दिनभित्रै निर्वाचनको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो । जिल्लामा मंसीर २७ गते मतगणना सकिएदेखि ३५ दिनभित्र अर्थात माघ ३ गतेसम्म समयअवधि ठूला दलका उम्मेदवारले सबै खर्च विवरण बुझाइसकेका छन् भने स्वतन्त्रसहित केही साना दलले खर्च विवरण समयअवधिमा बुझाउन नआएको उहाँले बताउनुभयो ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २६ र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ अनुसार कुनै पनि राजनीतिक दल÷ उम्मेदवारले निर्वाचन खर्चको विवरण ३५ दिनभित्र पेश नगरिएको खण्डमा ५ लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था बनाएको छ ।राजनीतिक दल÷उम्मेदवारले आयोगले तोकेको जरिवाना पनि ६ महिना सम्म नबुझाएको खण्डमा ती दलका उम्मेदवारलाई ६ बर्ष सम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउने व्यवस्था पनि गरेको आयोगमा उल्लेख गरिएको छ 
 

<