राष्ट्रिय/अन्तराष्ट्रिय

नेपाल (चीन ब्यापारिक बिस्तारको लागि हस्ताक्षर

चीनको सान्दोङ प्रान्तका अन्तराष्ट्रिय ब्यापारिक प्रतिनिधिमण्डलले नेपालसँगको ब्यापारिक तथा पर्यटकीय संभावनाको बिषयमा छलफल गरी दुईपक्षिय  आपसी सहकार्यको लागि हस्ताक्षर भएको छ ।
दुईपक्ष बिच भएको समझदारी पत्रमा नेपाली ब्यापारिक प्रतिनिधिको तर्फबाट नेपाल चीन उद्योग बाणिज्य संघका उपाध्यक्ष पञ्चरत्न शाक्य र चीनको तर्फबाट ब्यापारिक सस्थका उपाध्यक्ष लि सियाजिङले हस्ताक्षर गर्नु भएको थियो ।  
सहमतीपत्र अनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्ने छन् । साथै व्यापारिक सूचनाहरुको आदान प्रदान पनि गर्ने बताइएको छ ।
अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चीन वीचको सदियौं पुरानो सुमधुर सम्बन्धको चर्चा गदै दुई पक्षिय ब्यापार बिस्तारको बिषयमा बताउनु भयो । उहाले  छलफलमा नेपालमा कृषि, खाद्यन्य तथा तयारी पोशाक उद्योग, पर्यटन, बैंकमा संयुक्त लगानीका बिषयमा कुरा भएको बताउनु भएको छ  ।
 

<