कला/साहित्य

यमुना देवि वैजृनाथ भटटराई स्मृति प्रतिष्ठानले आगामी चैत १५ गते सम्मान तथा पुरस्कृत गर्ने

विराटनगर,यमुना देवि वैजृनाथ भटटराई स्मृति प्रतिष्ठान विराटनगरले प्राज्ञ विवश पोखरेल र सप्तकोशी एफ.एम.का प्रधान सम्पादक लिलाराज भटटराईलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । मोफसलमा रहेर विगत साढे तीन दशक भन्दा बढी समय देखि नेपाली भाषा साहित्यका क्षेत्रमा समर्पित रही विशेष योगदान दिएकाले कवि तथा कथाकार, प्राज्ञ विवश पोखरेललाई विक्रम संवत २०७३ सालको यमुनादेवी वैजनाथ भट्टराई स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि २१ हजार र सम्मानपत्र रहेको छ । पोखरेलका दुई कथा, दुई कविता, दुई बालकविता, एक व्यङ्ग्य र एक मुक्तक संग्रहसमेत आठ कृति प्रकाशित छन् । दर्जनौं कृतिका सम्पादनसमेत गरिसकेका पोखरेल हाल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहेका छन् ।    

यसैगरी सो प्रतिष्ठानबाट २०७३ सालको यमुनादेवी वैजनाथ भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सप्तकोशी एफ.एम. का प्रधान सम्पादक लीलाराज भट्टराई पुरस्कृत हुनुहुने भएको छ । सो पुरस्कारको राशि ७ हजार र सम्मान पत्र रहेको छ । हाल  सप्तकोसी एफ.एम. मा कार्यरत भटटराई राजधानी दैनिक, विवेचना, प्रतिदिन, मोफसल, पूर्वज्योति, फेवा, पाथीभरा, चाणक्य साप्ताहिक लगायतका पत्रपत्रिकामा सम्बद्ध रहि सक्नुभएको छ  । संस्थाकि अध्यक्ष कविता चापागाईको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । पुरस्कार आगामी चैत १५ गते इटहरीमा प्रदान गरिनेछ । सो अवसरमा ताप्लेजुडका विद्धान वैजनाथ भटटराईका सुपुत्र योगेश्वर भटटराईका दुइवटा कविता सँग्रह विमोचन समेत गरिने वताइएको छ ।

<