ताजा खबर

राष्ट्रिय/अन्तराष्ट्रिय

चुरे क्षेत्रमा चोरी(शिकारी रोक्न जनप्रतिनिधिको चासो

कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् ।  चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले चासो देखाएको हो । चोरी–शिकारीमा संलग्न समूहले हतियारसहित लोपोन्मुख प्रजातिका जनावर मार्न थालेको जानकारी आएपछि समितिका पदाधिकारीले सरोकारवाला निकायलाई नियन्त्रणका लागि आग्रह गरेका छन् । 
चोरी–शिकारीमा संलग्न व्यक्तिहरुलाई चोरी–शिकारी गर्न प्रयोग गर्दै आएको बन्दुक लगायतका हतियार इलाका प्रहरी कार्यालयमा बुझाउन सात दिनको म्याद दिएका छौँ”, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका पदाधिकारी एवं वडा नं ८ का अध्यक्ष बहादुर महराले भन्नु भयो । 
सात दिनभित्र हतियार नबुझाए चोरी–शिकारी गर्ने समूहको पहिचान गरी प्रचलित कानूनबमोजिम हँदैसम्मको कार्वाही गरिने उहाले बताउनु भयो  । चोरी–शिकारीमा संलग्नको पहिचान गर्नका लागि वन कार्यालय, इलाका प्रहरी कार्यालय, सामुदायिक वन र स्थानीय क्लबको सहयोग लिइने बताइएको छ । 
चुरे क्षेत्रमा पर्ने आधा दर्जनभन्दा बढी सामुदायिक वनका पदाधिकारीसमेत वन्यजन्तुलाई चोरी–शिकारीबाट जोगाउनका लागि सामूहिक गस्तीको कार्यमा जुटेका छन् ।
 

<