ताजा खबर

स्थानीय समाचार

धरानमा चलचित्र यारी को च्यारिटि सो फागुन ७ गते

 

प्रमिला वान्तावा राई 

आगामि फागुन ७ गते धरानको गणेश टाकिज, भानुचौकमा किरात राई जातिको संस्कृतिमा आधारित चलचित्र यारीको च्यारीटी सो हुने भएको छ । “यारी ” चलचित्र विकास बोर्डबाट ०७४ सालमा राष्ट्रिय सम्मानित चलचित्र हो । विषेश गरी किरात राईहरुको भेषभूषा, साथै संस्कार, संस्कृतिमा आधारित चलचित्र यारीको अर्थ किरात राईमा भविष्यवाणी रहेको यारीका निर्देशक विर वहादुर राईले मंगलवार पत्रकार सम्मेलन गरेर वताउनुभयो । , “यारी ” चलचित्रले विशेषत किरातहरुको आफनो मूलभाषा, संस्कृति सदैब बचाइराख्नु पर्छ भन्ने मुल सन्देश दिएको छ । चलचित्रको कथा नेपालको पूर्वी क्षेत्र माझ किरातमा बसोबास गर्दै आएका राई जातिमा आधारित छ, ।  पूवी नेपालको भोजपुर, साल्पा, मयुङ, सोलुको सीमानामा छायाकंन  “यारी ” निमार्ण गर्न २५ लाख खर्च लागत लागेको आयोजकले जनाएको छ ।
चलचित्रमा निर्भिक राई ,विस्मिता राई , श्याम राई र जाइका राई लगायतको अभिनय रहेको  आयोजक किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका अध्यक्ष चन्द्र वान्तावाले वताउनुभयो ।।

<