राष्ट्रिय/अन्तराष्ट्रिय

लडाकुलाई समर्थन नगर्न टर्कीको आग्रह


टर्कीले सिरियाको कुर्दिश लडाकु समूह वाइपीजीलाई समर्थन नगर्न अमेरिकालाई आग्रह गरेको छ । सो लडाकु समूहविरूद्धको कारबाही तीव्र पारिरहँदा टर्कीले पछिल्लो आग्रह गरेको हो।
राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको कार्यालयका एकजना प्रवक्ताले टर्कीको फौजविरूद्ध कुर्दिश लडाकुहरूले अमेरिकाले आपूर्ति गरेका अस्त्रको प्रयोग गरिरहेको बताए । टर्कीको फौजले सिरियाको आफ्रिन क्षेत्रबाट वाइपीजी लडाकुहरूलाई धपाउने कोशिश गरिरहेको छ । टर्कीले वाइपीजीलाई एउटा आतंकवादी समूह र कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को विस्तारित संगठनका रूपमा हेर्दै आएको छ । तर वाइपीजीले पीकेकेसँग आफ्नो प्रत्यक्ष सम्बन्ध रहेको अस्वीकार गर्दै आएको छ 
 

<