आर्थिक

गरिफा स्पोर्टिङ क्लब कोलकता सेमिफाईनलमा प्रवेश


इटहरीको क्षेत्रीय रंगशालामा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा मंगलबार आयोजक राष्ट्रिय जागृती क्लब इटहरीलार्ई हराउँदै गरिफा स्पोर्टिङ क्लब कोलकता सेमिफाईनलमा प्रवेश गरेको छ । 
मंगलबार भएको अन्तिम क्वाटर फाईनल खेलमा ० का विरुद्ध १ गोल अन्तरले हराउँदै गरिफाले सेमिफाईनलको यात्रा पक्का गरेको हो । 
कडा प्रतिष्पर्धा भएको खेलमा गरिफाका लागि जर्सी नम्बर १० का खेलाडी चेस्सी सोलासले पहिलो हाफको २ मिनेटमा गोल गरेका थिए । खेलको दोस्रोे हाफमा निकै राम्रो अवसर पाएको जागृती क्लबले सदुपयोग गन असफल भयो । 
खेलको म्यान अफ द म्याच आयोजक राष्ट्रिय जागृती क्लबका प्रवेश दनुवार घोषित भएका छन् । उनले नगद १० हजार र ट्रफि प्राप्त गरेका छन् । बुधबार हुने  सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब काठमाडौ र थ्रि स्टार क्लब काठमाडौ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ  

 

<